Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भूकम्प पीडितलाई आवास बनाउन ५० हजार दिने मन्त्रिपरिषद् बैठकको निर्णय

    भूकम्प पीडितलाई आवास बनाउन ५० हजार दिने मन्त्रिपरिषद् बैठकको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 717
    SHARES

    काठमाडौं । सरकारले भूकम्प पीडितहरुलाई आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

    मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।



    भूकम्पले पूर्ण क्षति वा आंशिक क्षति भई बस्न अयोग्य भएकाहरुलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।



    सरकारले यसअघि भूकम्पमा परी ज्यान गुमाएकाहरुलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

    उक्त रकम भूकम्प पीडितहरुलाई वितरण गर्ने क्रम जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार