Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बेलायतको विदेशमन्त्रीमा पूर्वप्रधानमन्त्री क्यामरुन नियुक्त

    बेलायतको विदेशमन्त्रीमा पूर्वप्रधानमन्त्री क्यामरुन नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 966
    SHARES

    एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनकले पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।

    योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनकरूमा अग्रपङ्क्तिको राजनीतिमा आएका छन् । ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुभन्दा अघि उनी सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री थिए ।



    प्रधानमन्त्री सुनकले जेम्स क्लेभर्लीलाई गृहमन्त्रीमा नियुक्त गरेका छन् । क्लेभर्लीले सुएला ब्रेभरम्यानलाई गृहमन्त्रीको भूमिकाबाट विस्थापित गरेका हुन् । यसअघि, उनी विदेशमन्त्री थिए ।



    सत्ता सम्हालेको करिब १३ महिनापछि प्रधानमन्त्री सुनकको यो सबैभन्दा ठूलो फेरबदल हो । यसअघि, उनले सोमबार विवादास्पद गृहमन्त्री सुएला ब्रेभरम्यानालाई बर्खास्त गरेका थिए ।

    प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम निर्वाचनअघि आफ्नो शीर्ष टोलीमा फेरबदल गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार