Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अमेरिकापछि इजरायललाई बेलायतको साथ, बेलायती प्रधानमन्त्री सुनक पनि पुगे इजरायल

    अमेरिकापछि इजरायललाई बेलायतको साथ, बेलायती प्रधानमन्त्री सुनक पनि पुगे इजरायल

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 474
    SHARES

    काठमाडौं । राष्ट्रपति जो बाइडेनले इजरायलमा ४ घण्टा विताए लगत्तै बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुगेका छन् । बिहीबार उनी दुईदिने भ्रमणका लागि इजरायल पुगेका हुन् ।

    इजरायलमा उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र राष्ट्रपतिसँग भेट गरेका छन् । प्रधानमन्त्री नेतन्याहुसँगको भेटमा बेलायती प्रधानमन्त्री सुनकले हमासलाई सजाय दिने इजरायली अधिकारको सम्मान गर्ने बताएका छन् । साथै उनले हमासले भन्दा इजरायले नागरिकलाई कम क्षति गर्ने प्रयास गरेको बयान दिएका छन् ।



    उनले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै हमासविरुद्ध इजरायलले गर्ने कारबाहीको सम्मान र समर्थन रहेको बताएका छन् । राष्ट्रपतिसँगको भेटमा गाजामा मानवीय सहायताका लागि भएको घेषणाको स्वागत गरेका छन् । बेलायती प्रधानमन्त्रीका प्रवक्ताका अनुसार, सुनक र राष्ट्रपति हरजोगले गाजामा प्यालेस्टाइनी नागरिकलाई आपतकालीन सहायता पुर्‍याउनुपर्ने विषयमा सहमति जनाएका छन् ।



    यसअघि इजरायल पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्धको लडाइँमा इजरायललाई साथ दिने घोषणा गरेका थिए । बाइडनले हमासविरुद्धको लडाइँमा इजराय एक्लै नभएको भन्दै अमेरिका उसको साथमा रहेको बताएका हुन् ।

    बाइडनले गाजा क्षेत्रका पीडितलाई मद्दत गर्ने घोषणा पनि गरेका छन् । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडनले गाजा र वेस्ट बैंकमा मानवीय सहायता पुर्याउन १०० मिलियन डलर सहयोग घोषणा गरेका छन् ।

    पछिल्लोपटक हमासले २० असोजमा एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछिका दोहोरो लडाइँमा परी दुवैतर्फ ४ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् भने गत मंगलबार राति गाजा क्षेत्रको एक अस्पतालमा आक्रमण हुँदा ५०० जनाको मृत्यु भएको छ । अस्पतालमा भएको आक्रमणको दोष इजरायल र हमास दुवैले एकअर्कालाई लगाइरहेका बेला बाइडनले इजरायललाई साथ दिने बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार