Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – पार्टी प्रमुखहरुको लहडी निर्णयको भारी हामी बोक्दैनौं

    कांग्रेस महामन्त्री थापाले भने – पार्टी प्रमुखहरुको लहडी निर्णयको भारी हामी बोक्दैनौं

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री क्लबको बन्द कोठामा भएको बैठकमा हुने सम्झौतालाई दलहरुबीचको सहमति भन्न नमिल्ने बताएका छन् ।

    महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक बन्द गर्ने निर्णयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति रहेको भनी दिएको अभिव्यक्तिको विरोध गरेका हुन् ।



    मंगलबार विहान बसन्तपुरमा नेपाल संवतको नयाँ वर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशिभत्रका सत्तापक्ष र प्रमुख प्रतिपक्षसमेतको लामो बहस र छलफलपछि टिकटक बन्द गर्ने निर्णयमा पुगेको आशयको अभिव्यक्ति दिएका थिए ।



    महामन्त्री थापाले प्रधानमन्त्रीलाई सोधेका छन्, ‘प्रमज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ?यो तपाईँहरू बीचको समझदारी हो पार्टीहरू बीचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ ।पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन ।’

    उनले आफ्नो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले छलफल भयो र कहिले र कसले सहमति गर्‍यो भनी प्रश्न गरे।

    टिकटक बन्द गर्ने सरकारी निर्णयको विरोध गर्दा सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ ? भन्ने प्रश्न उठाएको भन्दै थापाले गलत कदमको विरोध गर्न पाइने जवाफ दिए।

    बरु सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्तापक्ष भनेर मौन बस्नु चाहिँ गलत हुने उनको कथन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार