Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्रीलाई गगनको प्रश्न- टिकटक बन्दबारे कांग्रेससँग कहिले भयो सहमति?

    प्रधानमन्त्रीलाई गगनको प्रश्न- टिकटक बन्दबारे कांग्रेससँग कहिले भयो सहमति?

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 948
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णयबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेका भनाइमाथि असहमति जनाएका छन्।

    मंगलबार प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वत् ११४४ को अवसरमा थिमी, भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सत्तापक्ष, प्रतिपक्ष सबैको सहमतिले टिकटक बन्द गरिएको बताएका थिए।



    प्रधानमन्त्री प्रचण्डको यो भनाइ खण्डन गर्दै महामन्त्री थापाले यस्तो कुनै सहमति नभएको बताए।



    महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले भन्नुभएछ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो। प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले, कसले गर्‍यो सहमति?  यो तपाईंहरू बीचको समझदारी हो। पार्टीहरू बीचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन। कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ।’

    सरकारले सोमबार साँझ नै टिकटक बन्द गर्ने निर्णय गरेको थियो। लगत्तै थापाले सरकार उल्टो कदममा हिँडेको प्रतिक्रिया दिएका थिए। उनले पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी आफूहरू नबोक्ने र पार्टीले पनि बोक्न नसक्ने उल्लेख गरे।

    बरू सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नु चाहिँ गलत भएको उनले बताए।

    मंगलबार थिमीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबैको सहमतिमा टिकटक बन्द गरिएको छ। यसबारे बहस हुँदै जाने बताएका थिए। उनले टिकटक बन्द गर्दा कतिपयलाई चित्त नबुझेको कुरा पनि स्वीकार गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार