Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सेनाका पूर्व उपरथीसहित ८ जना जुवा खालबाट पक्राउ, झण्डै १७ लाख बरामद

    सेनाका पूर्व उपरथीसहित ८ जना जुवा खालबाट पक्राउ, झण्डै १७ लाख बरामद

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपाली सेनाका पूर्व उपरथी होम लावती जुवा खालबाट पक्राउ परेका छन् । प्रहरीले ललितपुरबाट लावतीसहित ८ जना जुवाडेलाई पक्राउ गरेको हो ।

    हात्तिवन स्थित जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    पक्राउ पर्नेमा पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् ।



    ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर, ललितपुरमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार