Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्यालिफोर्नियामा बाइडेन र सीबीच भेटवार्ता

    क्यालिफोर्नियामा बाइडेन र सीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 726
    SHARES

    एजेन्सी । अमेरिका र चीनका राष्ट्रपतिबीच क्यालिफोर्नियामा भेटवार्ता भएको छ ।

    अमेरिकाको क्यालिफोर्नियामा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता भएको हो ।



    दुई देशबीचको तिक्त सम्बन्ध सुधार्न बाइडेन र सीबीचको यो भेटवार्ता लामो समयदेखिको तिक्तता घटना सहयोगी बन्ने अपेक्षा गरिएको छ।



    भेटवार्तापछि करिब २० मिनेट लामो पत्रकार भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र चीन बीच सैन्य सम्पर्क फेरि स्थापित हुने बताईएको छ ।

    राष्ट्रपति सीले दुवै देशले संयुक्त रुपमा सही धारणा विकसित गर्नुपर्ने बताएका थिए । उनले अमेरिकासँग द्विपक्षीय सम्बन्ध सुमधुर बनाउनका लागि अधिक सञ्चार, अधिक सम्वाद र अधिक परामर्शमा जोड दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार