Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली सेनाको दाबी - हमासको मुख्य बन्दरगाह आधार कब्जा गर्‍यौ

एजेन्सी । इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको दाबी गरेको छ ।

इजरायली रक्षा बलका अनुसार नौसेना, आर्मर र ईन्जिनियरिङ् बलहरूको संयुक्त आक्रमण र वायुसेनाको सहयोगमा करिब १० को प्रयत्नमा टनेल शाफ्टहरू नष्ट गरिएको र आतङ्कवादी पूर्वाधारका चारवटा भवनहरू पनि ध्वस्त पारिएको छ ।

हमासले आफ्नो नौसेनालाई प्रशिक्षण दिन र नौसैनिक आक्रमणहरू सञ्चालन गर्न यो सुविधा प्रयोग गरेको आइडिएफले जनाएको छ ।

नागरिक नौसेना एंकरेज को आवरणमा हमासले प्रशिक्षण र आक्रमण गर्ने उद्देश्यका लागि त्यो ठाउँको फाइदा उठाएको बताइएको छ । साथै नागरिक जहाजहरू र गाजाको नौसेना प्रहरी डुङ्गाहरू पनि प्रयोगमा ल्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077