Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • इजरायली सेनाको दाबी – हमासको मुख्य बन्दरगाह आधार कब्जा गर्‍यौ

    इजरायली सेनाको दाबी – हमासको मुख्य बन्दरगाह आधार कब्जा गर्‍यौ

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 729
    SHARES

    एजेन्सी । इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको दाबी गरेको छ ।

    इजरायली रक्षा बलका अनुसार नौसेना, आर्मर र ईन्जिनियरिङ् बलहरूको संयुक्त आक्रमण र वायुसेनाको सहयोगमा करिब १० को प्रयत्नमा टनेल शाफ्टहरू नष्ट गरिएको र आतङ्कवादी पूर्वाधारका चारवटा भवनहरू पनि ध्वस्त पारिएको छ ।



    हमासले आफ्नो नौसेनालाई प्रशिक्षण दिन र नौसैनिक आक्रमणहरू सञ्चालन गर्न यो सुविधा प्रयोग गरेको आइडिएफले जनाएको छ ।



    नागरिक नौसेना एंकरेज को आवरणमा हमासले प्रशिक्षण र आक्रमण गर्ने उद्देश्यका लागि त्यो ठाउँको फाइदा उठाएको बताइएको छ । साथै नागरिक जहाजहरू र गाजाको नौसेना प्रहरी डुङ्गाहरू पनि प्रयोगमा ल्याइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार