Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • फरार अभियुक्त ३० वर्षपछि पक्राउ

    फरार अभियुक्त ३० वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 840
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चादँनीबाट ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई आज पक्राउ गरिएको हो ।



    उनलाई २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।



    उनलाई कैद सजाय भुक्तानका लागि अदालतमा पेश गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार