Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चितवनमा मात्रै जुवा खालबाट ८० जना पक्राउ, तीन लाखभन्दा बढी बरामद

    चितवनमा मात्रै जुवा खालबाट ८० जना पक्राउ, तीन लाखभन्दा बढी बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 717
    SHARES

    फाइल फोटो

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरूबाट पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकामध्ये ३७ जनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ।



    उनीहरूबाट तीन लाख १७ हजार एक सय ५० बरामद गरिएको थियो । उनीहरू धरौटीमा रिहा भएका छन् ।



    पक्राउ परेका अन्य ४३ जना कारबाही प्रक्रियामा रहेका छन्। उनीहरूबाट दुई लाख ३० हजार चार सय ४२ बरामद गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार