Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • किशोरीको हत्या आरोपमा सौतेनी आमासहित तीनजना समातिए

    किशोरीको हत्या आरोपमा सौतेनी आमासहित तीनजना समातिए

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सर्लाहीमा किशोरीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको हरिवन नगरपालिका–११, बालगंगाकी १७ वर्षीया तबसुन खातुनको हत्या गरेको आरोपमा शुक्रबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।



    पक्राउ पर्नेमा तबसुनकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, तबसुनका मामा ५५ वर्षीय शेख जिलानी र जिलानीका छोरा २४ वर्षीय शेख असजद रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    गएको कात्तिक २६ गते परिवारका सदस्य मिलेर तबसुनको हत्या गरेको र शवलाई बालगंगास्थित चिहानमा गाडेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

    त्यसपछि घटना अनुसन्धानका निम्ति इलाका प्रहरी कार्यालय हरिवनबाट टोली खटिएको थियो । सोही प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार