Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ

    राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 1.4K
    SHARES

    वीरगन्ज । प्रहरीले राष्ट्रिय झन्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

    पर्सागढी नगरपालिका–९ स्थित सिंगे पुलमा राखिएको राष्ट्रिय झन्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।



    इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गएको बिहीबार राति मादकपदार्थ सेवन गरी सिगे पुलमा राखिएको राष्ट्रिय झन्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।



    करिब एक साताअघि सिंगे पुलमा सजाइएको राष्ट्रिय झन्डामध्ये केही झन्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि सो क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।

    गैरकानुनी गतिविधि गरेको आरोपमा पक्राउ परेकामा पर्सागढी नगरपालिका–१, मनवा टोल निवासी अंकित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१, सखुवनिय टोलका गौतम महतो, नन्दन दास थारु र लक्की चौधरी रहेका प्रहरी निरीक्षक केसरीले जानकारी दिए ।

    पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार