Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद अन्त्य गर्नेछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन्।

छठका अवसरमा आइतबार दिएको शुभकमना सन्देशमा राष्ट्रपति पौडेलले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकृतिको पूजा गरिने छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गरेका छन्।

छठ पर्वका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव शुभकामना सन्देश जारी गर्दै सामूहिकता र एकता प्रवर्धन हुने विश्वास व्यक्त गरेका छन्। उपराष्ट्रपति यादवले छठ पर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077