Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दाइमाथि धारिलो हतियार प्रहार गर्ने एक जना पक्राउ

    दाइमाथि धारिलो हतियार प्रहार गर्ने एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 669
    SHARES

    संकेतिक तस्विर

    रामेछाप । रामेछापको उमाकुण्ड कुवुकास्थलीमा भाइले प्रहार गरेको धारिलो हतियारबाट दाइ घाईते भएका छन् ।

    घरायसी विवाद हुँदा उमाकुण्ड गाउँपालिका– ३ कुवुकास्थलीस्थित कोलाका ओसिराम बस्नेतले आफ्नै दाजु ४९ वर्षीय देवबहादुर बस्नेतमाथि धारिलो हतियार प्रहार गरेका थिए ।



    भाइको हतियार प्रहारबाट दाजु देवबहादुरको दुवै खुट्टा र दाहिने हातमा गहिरो चोट लागेको छ । उनलाई स्थानीयहरूले घटनास्थलबाट तत्काल उद्धार गरी स्वास्थ्य चौकी लगेका थिए ।



    स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भईरहेको छ ।

    उक्त घटनापछि हतियार प्रहार गर्ने ओसिरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार