Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तारा एयरका दुई पाइलटबीच युनिफर्ममै कुटाकुट

    तारा एयरका दुई पाइलटबीच युनिफर्ममै कुटाकुट

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 2.7K
    SHARES

    रामेछाप । रामेछाप विमानस्थलमा दुई पाइलटबीच कुटाकुट भएको छ ।

    शुक्रबार बिहान ८ बजे तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष साह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको हो ।



    वरिष्ठ क्याप्टेन साहले लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका थिए । त्यो जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन श्रेष्ठबीच झगडा परेको हो ।



    दुवै जना क्याप्टेनको ड्युटी अदलीबदलीको समय थियो । क्याप्टेन सञ्जीव श्रेष्ठ जहाज लिएर लुक्ला पुगेका छन् ।

    उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ ।

    घटनापछि नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार