Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • रामेछापमा मदन भण्डारीको सालिक तोडफोड

    रामेछापमा मदन भण्डारीको सालिक तोडफोड

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 1.1K
    SHARES

    रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका-५ मा निर्माण भएको मदन भण्डारीको सालिक तोडफोड भएको छ ।

    पकरवासको सल्लेनी वनको बिचमा रहेको उक्त सालिक तोडफोड भएको हो ।



    तोडफोड कसले गरेको हो अहिलेसम्म पत्ता लागेको छैन । मन्थली गाल्वा सडकसँग जोडिएको मदन भण्डारी पार्कमा भण्डारीको बसेको पूर्ण कदको सालिक थियो ।



    सालिकको एउटा खुट्टा भाँचेर फालिएको छ भने अन्य भागमा ढुंगाले प्रहार भएको छ । पर्यटन प्रवर्द्धनका लागि वाग्मती प्रदेश सरकारले भण्डारीको सालिक बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार