Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मदन भण्डारीको ७२औं जन्मजयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

    मदन भण्डारीको ७२औं जन्मजयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 519
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसर आज बिहीवार ७२औं जन्मजयन्ती मनाइँदैछ ।

    नेकपा एमाले पार्टी र सम्बद्ध संघसंगठनले विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउन लागेका हुन् ।



    जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् ।



    कार्यक्रममा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण हुनेछ ।

    विक्रम संवत् २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार