Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मदनको सालिकमा माल्यार्पण गर्दै ओलीले भने – भण्डारीको सपना अधुरै छ

    मदनको सालिकमा माल्यार्पण गर्दै ओलीले भने – भण्डारीको सपना अधुरै छ

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 414
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् ।

    बल्खु, काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीलगायतका नेता कार्यकर्ताले भण्डारीको सालिकमा माल्यार्पण गरेका हुन् ।



    सो कार्यक्रममा बोल्दै उनले भण्डारीको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना अधुरै रहेको बताए । सबैले आफ्ना सपना पूरा गर्न नसक्ने भन्दै उत्तराधिकारीले त्यसलाई पूरा गर्नुपर्नेमा उनको जोड छ ।



    “नयाँ नेपाल, समृद्ध नेपाल सुखी नेपाली बनाउने मदन भण्डारीको सपना अधुरै छ । त्यो आज उत्ताराधिकारी तपाईं हामीले त्यसलाई पूरा गर्नुपर्ने छ । पूरा गर्न सजिलो छैन । चुनौती छ । विरोधीहरू बलिया छन् । षड्यन्त्रपूर्ण ढंगले अघि आउँछन्,” ओलीले भने ।

    २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

    रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आज एमाले र एमालेका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गर्दै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार