Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – मदन–आश्रित स्मृति दिवसले वामपन्थीबीच सहकार्य गर्ने प्रेरणा दिन्छ

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – मदन–आश्रित स्मृति दिवसले वामपन्थीबीच सहकार्य गर्ने प्रेरणा दिन्छ

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 378
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने टिप्पणी गरेका छन् । ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘आज ३० औँ मदन–आश्रित स्मृति दिवस। रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु’ उनले सन्देशमा भनेका छन्, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’



    २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।



    रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आज एमाले र एमालेका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गर्दै छन् ।

    यस्तै, एमालेबाट अलग्गिएर बनेको एकिकृत समाजवादीले पनि मदन–आश्रित स्मृति दिवसका अवसरमा कार्यक्रम गर्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार