Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पूर्वराष्ट्रपति विद्यादेवीले गरिन् मदन भण्डारीको सालिकमा माल्यार्पण

    पूर्वराष्ट्रपति विद्यादेवीले गरिन् मदन भण्डारीको सालिकमा माल्यार्पण

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 621
    SHARES

    काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन् ।

    बुधबार बिहान साढे सात बजे मदन भण्डारी स्मृति वाटिका महादेवस्थान, कोटेश्वर पुगेर उनले भण्डारीको सालिकमा माल्यार्पण गरेकी हुन् ।



    राष्ट्रपतिको कार्यकालबाट बिदा भएपछि यो उनको पहिलो सार्वजनिक कार्यक्रम हो ।



    २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

    रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार