Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बर्दियाका बरुणको हत्यामा संलग्न थप एक जना पक्राउ

बर्दिया। बर्दिया प्रहरीले बरुण घिमिरेको हत्यामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका-६ का सुरेश भन्ने सुयस थापा रहेका छन् ।

गुलरिया नगरपालिका-५ का २० वर्षीय बरुणलाई एक समूहले गत कात्तिक २७ गते राति साढे १२ बजे धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको थियो ।

उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । यसअघि प्रहरी घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

सुयससँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । अझै २ फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077