Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भूकम्प पीडितका लागि अस्थायी आवास बनाउन सरकारले पठायो एक अर्ब ४१ करोड

    भूकम्प पीडितका लागि अस्थायी आवास बनाउन सरकारले पठायो एक अर्ब ४१ करोड

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 510
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले भूकम्प पीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो।



    सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम सोमबार निकासा भएको प्राधिकरणले जनाएको छ ।



    जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको छ ।

    प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ।भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि २०८० हालै जारी भएको थियो।

    भूकम्प पीडित प्रति परिवारलाई अस्थायी आवास बनाउन पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी कूल ५० हजार रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो। गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई तत्काल स्थानीय तहमा रकम पठाउन निर्देशनसमेत दिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार