Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुपा देउराली मन्दिरले डेढ लाख रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्ने

    सुपा देउराली मन्दिरले डेढ लाख रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्ने

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 624
    SHARES

    अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।

    मन्दिर संरक्षण समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।



    बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको समितिका सचिव हरि खनालले जानकारी दिए ।



    २०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार