Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शन कार्यक्रम बल्खुमा गर्न अनुमति दिएको छ ।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनका लागि प्रशासनले बल्खुमा प्रदर्शन गर्न अनुमति दिएको हो ।

प्रसाईँ र एमालेनिकटको राष्ट्रिय युवा संघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर-नयाँ बानेश्वर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

त्यसपछि युवा संघले तीनकुनेमा कार्यक्रम स्थल तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077