Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यमनविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यमनविरुद्ध हुने खेलका लागि अन्तिम टोली घोषणा गरेको छ ।

एन्फाले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्ध खेल्ने टोली घोषणा गरेको हो ।

बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् ।

चोटका कारण दुवै खेलाडी युएई विरुद्धको खेलमा टिममा थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077