Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

'बेस्ट पुलिस अफ द मन्थ' बने डीएसपी पन्थी

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी Best police of the month घोषित भएका छन् ।

कात्तिक महिनाको लागि उपत्यका अपराध अनुसन्धाान कार्यालयले सबैभन्दा राम्रो काम गरेको भन्दै पन्थीलाई सर्वोत्कृष्ट घोषणा गर्दै Best police of the month को उपाधीबाट सम्मानित गरेको हो ।

उक्त कार्यालयले उपत्यकाका तीन जिल्लामा घटित अपराधको अनुसन्धान एवं अपराध रोकथाममा आफ्नो भूमिका निर्बाह गर्दै आएको छ । कार्यालयले डिएसपी पन्थीलाई कार्यालयको पिलर ८ को जिम्मेवारी दिएको छ ।

उक्त पिलरले वैदेशिक रोजगार ठगी अपराधको अनुसन्धान एवं कारबाही गर्ने गर्दछ ।

पन्थीको नेतृत्वमा पछिल्लोपटक भिजिट भिसामा बिदेश जाँदा कागजपत्र शंकास्पद भनी बिमानस्थलबाट फर्काइएका ब्यक्तिहरुका कागजात नक्कली बनाउने गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

हाल उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले दिएको कमाण्ड सम्हाल्दै पन्थीको सफल अनुसन्धानको दायरामा ल्याएपछि पछिल्ला दिनमा भिजिट भिसामा बिदेश जानेको संख्यामा पनि घटेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077