Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेका कार्यकर्ताले हिंसात्मक गतिविधि गर्न खोजे : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमालेले हिंसात्मक गतिविधि गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै व्यवसायी प्रसाईंले एमालेले आतंक फैलाउदै देशमा हत्या–हिंसा मच्चाउन खोजेको आरोप लगाएका हुन् ।

व्यवसायी प्रसाईंले आफ्ना पीडा र वेदनाहरू सुनाउने तथा सरकारसँग आफ्ना मागहरु राख्न भनेर काठमाडौं आउँदै गरेका सर्वसाधारण नागरिकहरूलाई राजमार्गका बीच बाटोमै रोक्ने, धम्क्याउने, तर्साउनेजस्ता कार्यहरूसमेत भइरहेको आरोप लगाए।

उनले अहिलेसम्म सरकारले नागरिकहरूको आवाजलाई बन्द गराउनका लागि परेको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको नेतृत्वमा विभिन्न राष्ट्रवादी राननैतीक पार्टी, विभिन्न धार्मिक, पेशागत तथा सामाजिक संघ संस्था र नागरिक समाजका साथै आम राष्ट्रप्रेमी नागरिकहरुको स्वःस्फूर्त सहभागीतामा विद्यमान शासन व्यवस्था, भ्रष्टाचार, तस्करी र माफीयातन्त्रका विरुद्ध संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तवरले भेला हुन आएका दूरदराजका सर्वसाधारण नागरिकहरूलाई राति बस्ने ठाउँमा प्रहरी प्रशासन लगाएर प्रवेश गर्न नदिने, केही आतंक फैलाउने र हत्या–हिंसा चाहने तत्त्वहरूलाई प्रयोग गरेर राति सुतीरहेको स्थानमा विस्तारामै पुगेर वृद्ध, महिलाहरूलाई कपडासमेत लगाउन नदिई अमानवीय शब्दहरू प्रयोग गरी धम्क्याउँदै आक्रमण गरेर रातको समयमा निकाल्नेजस्ता निकृष्ट कार्यहरू भइरहेको त यहाँहरू सबैलाई सर्वविदितै छ ।'

युवासंघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा आपत्ति जनाए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतलाई चेतावनी दिँदै मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077