Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले तोक्यो नयाँ मतभार

    राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले तोक्यो नयाँ मतभार

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 480
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्‍यको निर्वाचनका लागि नयाँ मतभार तोकेको छ।

    आयोगले बुधबार प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नयाँ मतभार तोक्ने निर्णय गरेको हो ।



    २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ ।



    आयोगले प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको छ।

    यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो ।

    राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार