Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुर्गा प्रसाईंले भने - मैले जहाँ पाइला टेक्छु, त्यहाँ एमाले सकिन्छ

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूले पाइला टेकेको ठाउँमा एमाले सकिने चेतावनी दिएका छन् ।

काठमाडौंमा प्रदर्शन गर्नु अघि भक्तपुरमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी प्रसाईंले यस्तो बताएका हुन् ।

व्यवसायी प्रसाईंले एमाले कोशी, मधेशपछि अब काठमाडौंमा सकिने बताए ।

व्यवसायी प्रसाईंले भने,‘केपी ओली र महेश बस्नेतको राज हो यो ? विर्तामोडमा, मेची अञ्चल मात्रै होइन २ नम्बर प्रदेशमा एमाले सकियो । ललितपुर, काठमाडौं, भक्तपुर जहाँ दुर्गा प्रसाईंले पाइला टेकेको छ त्यहाँ एमाले सकिँदैछ। सिकारीले सिकार गर्दा पनि निदाउँदा गर्दैन । बिउँझाएर मात्रै गर्छ । तर गए राति ११ बजेर ५९ मिनेटमा चेलीहरूलाई जबरजस्ती गर्न खोजियो । हाम्रो घर लुटियो भनेर न्याय माग्न आउँदा मेरा हजुराबाको कमाण्डमा रहेका युवा संघका अपराधीले जुत्ता बझारे, एक जनाको दाँत खुस्केको छ । यस्तो बेला प्रधानमन्त्री र गृहमन्त्री के हेरेर बस्नुभएको छ ?’

भक्तपुरमा महेश बस्नेतले आफूलाई निषेध गरेको भन्दै उनले कि आफ्नो जग्गा किनिदिन नभए उनको सबै जग्गा आफूले किनिदिने चेतावनी पनि दिए । ​

सिकारीले पनि सुतेको बेला गोली नचलाउने भन्दै उनले आफ्नो सर्वस्व लुटिएको दुःख सुनाउन आएकालाई महेश बस्नेतका युवाले हातपात गरेको आरोप उनले लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077