Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

युवा संघ र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन : भयका कारण उपत्यकाका २ सय विद्यालय बन्द

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २ सय विद्यालय बन्द हुने भएका छन्।

खासगरी प्रदर्शन क्षेत्रका स्कुल बन्द गर्नुपर्ने अवस्था निम्तिएको सञ्चालकहरूले बताएका छन् ।

ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलकी संस्थापक अध्यक्ष गीता रानाले विद्यार्थी तथा अभिभावकलाई बिहीबार स्कुल बन्द रहेको सूचना पठाइसकेको बताइन्।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन) की पूर्वअध्यक्षसमेत रहेकी रानाका अनुसार आन्दोलनका कारण बानेश्वर, तीनकुने, कालिमाटी, कलंकी, बल्खु, चक्रपथलगायत क्षेत्रका सबैजसो स्कुल प्रभावित हुनेछन्।

आन्दोलनकारीको भिड र आन्दोलनका कारण बालबालिकालाई तनाव हुने भएकाले विद्यालय बन्दको उपाय रोजिएको उनले बताइन्।

‘मेरो स्कुलका १९ वटा बस चल्छन्। बिहान बालबालिका ल्याउन कुनै समस्या भएन तर दिउँसो कतिखेर घर पुग्ने थाहा हुन्न,’ रानाले नागरिकसँग भनिन्, ‘स्कुल शान्ति क्षेत्र भए पनि बाहिर अशान्ति छ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077