Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कतारका विदेश राज्यमन्त्री आज दुईदिने भ्रमणका लागि नेपाल आउँदै

    कतारका विदेश राज्यमन्त्री आज दुईदिने भ्रमणका लागि नेपाल आउँदै

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 408
    SHARES

    काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुराइखी दुई दिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार उनी भ्रमणका लागि आज साँझ ५ बजे नेपाल आइपुग्न लागेका हुन् ।



    मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत दुई दिनका लागि नेपाल आउन लागेका विदेश राज्यमन्त्री सोल्तानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम रहेको जनाएको छ ।



    उनले भोलि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। यस्तै उनले परराष्ट्र सचिव भरतराज पौड्यालसँग दुईपक्षीय वार्ता गर्नेछन् । उनी भोलि नै कतार फर्किने कार्यक्रम छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार