Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कतारका विदेश राज्यमन्त्री नेपाल आइपुगे, यस्तो छ भ्रमण तालिका

    कतारका विदेश राज्यमन्त्री नेपाल आइपुगे, यस्तो छ भ्रमण तालिका

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 663
    SHARES

    काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरखिस नेपाल आइपुगेका छन् ।

    दुई दिने औपचारिक भ्रमणका लागि राज्यमन्त्री सोल्तान बिहीबार काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए ।



    परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा विदेशमन्त्री अल–मुरखिसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।



    उनले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी शनिबार स्वदेश फर्कने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार