Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले नेता महेश बस्नेतका समर्थकबीच झडप भएको छ ।

कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । दुई पक्षबीच त्यहाँ ढुंगामुढा भएको छ ।

प्रदर्शनका क्रममा मुठभेठ हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन काठमाडौंले युवा संघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थल तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077