Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गणतन्त्रमाथि आक्रमण हुँदा एमाले आक्रामक हुन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन अघि बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले अहिले विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि चुनौति खडा गर्ने प्रयास प्रतिगामी तत्वबाट हुन खोजेको भन्दै त्यसकोविरुद्ध आफूहरुको आन्दोलन केन्द्रित रहेको बताए ।

उनले गणतन्त्रको विकल्प पुरानो व्यवस्था हुन नसक्ने स्पष्ट पारे । कथित राजतन्त्रवादीहरु गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाईजस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खाजेको उनको भनाइ छ ।

त्यस्तै बस्नेतले राजनीतिक आग्रहका आधारमा सरकारले काम गर्न खोज्दा भ्रष्टाचार अन्त्य हुन नसकेको र सुशासन कायम हुन नसकेको बताए।

उनले अहिलेको व्यवस्थामा देखिएका कमी कमजोरीलाई सुधार गर्दै बलियो बनाउदै अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077