Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बल्खुमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।

बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । सम्बोधनका क्रममा दुर्गा  प्रसाईँले सिंहदरबार घेर्न सहर पस्ने उद्घोष गरेका थिए।

प्रदर्शनस्थलमा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।

त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077