Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्दै दुर्गा प्रसाईंको समूह

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले शुक्रबारबाट तिनकुनेमा प्रदर्शन गर्ने भएको छ ।

पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं समूहले शुक्रबारबाट तिनकुनेमा प्रदर्शन गर्ने भएको हो ।

व्यवस्था परिवर्तन गर्न भन्दै बिहीवारदेखि उनले काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेका छन् ।

तीनकुनेमा आज नेकपा एमाले निटक युवा संघले प्रदर्शन गरेको थियो । ​​प्रसाईंले शान्तिपूर्ण प्रदर्शनमा रहेका आफ्ना समर्थकलाई अश्रुग्यास प्रहार गरेको भन्दै आक्रोश व्यक्त गरे ।

पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले ¥याली निकालेको थियो । उक्त र्‍याली बल्खुमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077