काठमाडौं । गाजामा युद्धविराम गर्न भएको सम्झौताप्रति नेपाल सरकारले स्वागत गरेको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको स्वागत गरेको हो ।
इजरायल र प्यालेस्टाइनका अधिकारीहरूबीच बुधबार गाजा केन्द्रित युद्ध विराम गर्न सहमत भएको थियो ।
नेपालले अमेरिका, कतार र इजिप्टले उक्त युद्धविराम गराउन खेलेको कूटनीतिक प्रयासको प्रशंसा गरेको छ ।
हमासले अपहरण गरेका नेपाली विद्यार्थी विपीन जोशीको तत्काल रिहाइ गर्न परराष्ट्रले आग्रहसमेत गरेको छ ।