Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुर्गा प्रसाईँले भने – अब हामी सकिन्छौं भनेर मलाई नजरबन्द गरियो

काठमाडौं । आफ्नै घरमा नजरबन्दमा परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् ।

प्रशासनले आफूलाई नजरबन्द गरेपछि व्यवसायी प्रसाईंले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। घरमै पत्रकार सम्मेलन गरेर उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे ।

शुक्रबार तीनकुनेमा आन्दोलन गर्ने बताएपछि प्रहरी प्रशासनले प्रसाईंलाई प्रसाईंको निजी निवास भक्तपुरमै नजरबन्द गरेको थियो।

आफू नजरबन्दमा परे पनि आफ्नो विचार र नेताको असली अनुहार जनतालाई बताइसकेकाले केही फरक नपर्ने उनले बताए।

यो व्यवस्था परिवर्तन नहुञ्जेल काठमाडौंका पसलहरु बन्द गर्न उनले आह्वान गरे ।

नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077