Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीनकुने लगायतका स्थानबाट पक्राउ परेका प्रसाईंको अभियानका दुई सय जना छुटे

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका दुर्गा प्रसाईंको अभियानमा सामेल करिब २ सय जना छुटेका छन् ।

शुक्रबार काठमाडौँको तीनकुने लगायत विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेका २२० जना मध्ये दुई सय जना छुटेका हुन् ।

अन्य २० जना भने हिरासतमै रहेको काठमाडौं परिसरले जनाएको छ । प्रशासनसँग अनुमति नलिई विरोधका कार्यक्रम गर्न लागेको भन्दै काठमाडौँको तीनकुने लगायत विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

दुर्गा प्रसाईंका अराजक गतिविधिमा पहिलेदेखि नै संलग्न र बिहीबारको आन्दोलनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्नेहरुलाई प्रहरीले हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न प्रहरी बृत्तका हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077