Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुलुकको समृद्धिका निम्ति एकजुट बनौँ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन्।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सुशासन प्रवर्द्धन गर्दै सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण देशको अहिलेको आवश्यकता भएकोमा जोड दिए।

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन कायम गर्नु अपरिहार्य भएको भन्दै उनले उत्पादकत्व वृद्धि तथा रोजगारीका अवसर सृजना नगरी सामाजिक रुपान्तरण कठिन हुने बताए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि परास्त गर्न सबै लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको रक्षा नै सर्वोपरि भएकोमा पनि जोड दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077