Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापामा आज शक्ति प्रदर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने भएका छन् ।

उनी कलेजको उद्घाटन तथा सालिक अनावरण गर्न शुक्रबार दिउँसो बुद्ध एयरमार्फत झापाको भद्रपुर विमानस्थल अवतरण गरेका थिए । आज उनले पृथ्वी नारायण शाहको सालिक अनावरण गर्न लागेका हुन् ।

यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् ।

आज ८ हजार मोटरसाइकल र्‍याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ । यस्तै बिर्तामोडमा पूर्वराजा शाहले ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट पनि गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077