Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • झापामा आज शक्ति प्रदर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह

    झापामा आज शक्ति प्रदर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 774
    SHARES

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने भएका छन् ।

    उनी कलेजको उद्घाटन तथा सालिक अनावरण गर्न शुक्रबार दिउँसो बुद्ध एयरमार्फत झापाको भद्रपुर विमानस्थल अवतरण गरेका थिए । आज उनले पृथ्वी नारायण शाहको सालिक अनावरण गर्न लागेका हुन् ।



    यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् ।



    आज ८ हजार मोटरसाइकल र्‍याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ । यस्तै बिर्तामोडमा पूर्वराजा शाहले ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट पनि गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार