Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली जेलबाट ३९ जना प्यालेस्टिनी रिहा

एजेन्सी । हमास लडाकु समूहले १३ जना बन्धकलाई रिहा गरेसँगै इजरायली जेलबाट ३९ जना प्यालेस्टिनी रिहा भएका छन् ।

इजरायली जेलमा राखिएका २४ जना महिला र १५ किशोरीलाई गएराति रिहा गरिएको हो ।

उनीहरुमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका विभिन्न आरोप लागेको थियो ।

प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन पहिलो चरणमा हिजो २४ जना बन्धकलाई रिहा गरेको छ ।

गाजाबाट रिहा हुनेमा १३ जना इजरायली र अरु थाइ नागरिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077