Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

उदयपुर । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।

अधेरी झर्ना नजिकै दुर्घटनामा परी त्रियुगा नगरपालिका५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो।

उनीहरू पिकनिक खाएर फर्कदै गरेका थिए। शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बसमा सवार उनीहरूको ज्यान गएको हो।

दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका उदयपुरले जनाएको छ । गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ।

बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077