Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी खोलेर चुनाव लड्न पूर्वराजालाई कांग्रेस महामन्त्री थापाको चुनौती

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन् ।

शनिबार कांग्रेसको गुल्मी जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले पूर्वराजा शाहलाई राजतन्त्र फर्काउन मन भए पार्टी खोलेर चुनाव लड्न आग्रह गरेका हुन् ।

महामन्त्री थापाले भने, ‘पूर्वराजाले पनि जुवाको च्याखे खालमा दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ । जाने पार्टी खोल्ने, चुनाव लड्ने, हाम्रो संविधानले दिन्छ, बहुमत ल्याउने संविधान बदल्ने राजतन्त्र फर्काउने, नेपाली कांग्रेस यो कुराका लागि तयार छ ।’

उनले आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिए।

उनले पूर्वराजाले जुवाको खालमा च्याँखे थापिरहेको टिप्पणी गरे । पछिल्लो समय राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै महामन्त्री थापाले ज्ञानेन्द्र शाहलाई आफैं चुनाव लड्न आग्रह गरे।

नेपालमा राजाहरुकै बदनियतकै कारण राजसंस्था गएको भन्दै उनले कांग्रेस कार्यकर्ता यसमा प्रष्ट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077