Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युद्धविरामको दोस्रो दिन हमासले रिहा गर्‍यो १७ बन्धक, विपिन जोशी अझै छुटेनन्

एजेन्सी । गाजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ ।

हमासले १३ इजरायली र ४ थाइ बन्धकलाई मुक्त गरेको हो । बदलामा इजरायलले ३९ प्यालेस्टाइनी नागरिकलाई कैदमुक्त गरेको छ।

इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको छ। युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो।

हमासले दोस्रो दिन १३ इजरायली र ४ जना थाई नागरिकलाई रिहा गर्दा पनि नेपालका विपिन जोशी भने अझै रिहा भएका छैनन् । उनलाई गत अक्टोबर ७ मा हमासले इजरायलबाट अपहरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077