Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलले बन्धक रिहा गरेपछि विश्वभर खुशियाली

एजेन्सी । हमासले इजरायली बन्धकहरूको समूहलाई रिहा गरेपछि ३९ प्यालेस्टाइनी बन्दी रिहा हुँदा प्यालेष्टेनी परिवारमा खुशियाली छाएको छ ।

इजरायल र हमासबीचको बन्धक र कैदी आदानप्रदान गर्ने सम्झौता अनुसार इजरायलले रिहा गरेका कैदीहरु रिहा गरेपछि विश्वका कयौं राष्ट्रहरुमा प्यालेष्टेनीहरुले खुशियाली मनाएका छन् ।

इजरायले रिहा गरेका कैदीमध्ये २४ महिला र १५ किशोरहरू रहेका छन् । रिहा भएका कैदीहरू ढुंगामुढा गर्नेदेखि हत्या प्रयाससम्मका अभियोगमा पक्राउ परेका हुन् ।

तीमध्ये केही दोषी ठहर भइसकेका छन् भने केही मुद्दा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077