Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौं । राजतन्त्र र ऋण मिनाहको एजेण्डा लिएर सडक आन्दोलनमा होमिएका दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ ।

समितिको आज बसेको केन्द्रीय समिति बैठकले अर्को सूचना प्रकाशित नभएसम्मको लागि कार्यक्रम स्थगित गरेको हो ।

अभियानले यसको सट्टा कलंकी, बालाजु रत्नपार्कमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

कलंकी चोक, बालाजुको बीजी मल र रत्नपार्कमा मा बिहान ११ बजे एकैपटक सांस्कृतिक कार्यक्रम हुने अभियानले जनाएको छ । अभियानले शनिबार काठमाडौंको सिफलमा कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077