Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले ताप्लेजुङको माग - योगेश भट्टराई सवार गाडीमा तोडफोड गर्नेलाई कडा कारबाही होस्

काठमाडौं । नेकपा एमाले ताप्लेजुङले पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायत नेताहरुमाथि ढुंगामुढा प्रहार गर्नेलाई कारबाहीको माग गरेको छ ।

आइतबार ताप्लेजुङमा आयोजित विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सकेर फर्कने क्रममा भट्टराई सवार मोटरमाथि पहिचानवादीहरुले गरेको आक्रमणले भर्त्सना गर्दै कारबाहीको माग गरेको हो ।

कार्यवहाक अध्यक्ष सन्तोष खड्काले जारी गरेको विज्ञप्तिमा भननिएको छ, 'आतंकित, अवान्छित र अमर्यादित क्रियाकलाप गर्ने अराजक समुहलाई तत्काल नियन्त्रण गरी कडा भन्दा कडा कानुनी कार्बाही गरी जिल्लावासीमा शान्ति शुरक्षाको प्रत्याभुति गर्नको लागि नेपाल सरकार, स्थानीय प्रशासन समक्ष अबिलम्ब कार्बाहीको माग गर्दछौं ।' आइतबार दिउँसो भट्टराई सवार गाडीमाथि तोडफोड भएको थियो ।

सात आठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेका थिए । आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको थियो । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077